बिकल्प
नेपाल एउटा अति कम बिकशित राष्ट्र हो. यहाँ केहि कुराको पनि टुङ्गो छैन. यसमाथि झन् बन्द र हड्ताल को त कुरा नगरौ. हिजो छेत्री समाज को बन्द, भोलि माऊबदिको बन्द, बीचमा आज एकदिन खुल्ला. देश अहिले संविधानको खोजीमा धुल्मुलीरहेको बेलामा सभासद् लाई भत्ता पकाउनको सुर अनि राजनीतिक पार्टीहरुलाई चै बन्द र हड्ताल गरेरे आफु मात्रै ठुलो देखाउने होडबाजी. यसरि कहिले सम्म टिक्ने हो देस थाहा छैन. त्यसमाथि झन् नेपाली कांग्रेस जस्तो २००७ सालदेखि जनताको लागि लडेको पार्टी ले त संसदमा अबरोध गर्न थालेपछि कसको के लागछ र.
अब दिनानुदिन संबिधान बनाउने दिन सक्किदै गैरहेको बेलामा झन् काम गर्नु त कता हो कता उल्टै बन्द र हड्ताल गर्ने होद्बाजिलाई नेपाली जनताले कसरि बुझ्ने. नेपालको सरकारी काम र सरकारी मन्त्रालयले गर्ने कामहरु त आर्थिक वर्ष सक्किना लाग्दा हतार हतार भए पनि बजेट सक्यौना कै लागि भए पनि काम गर्ने परिपाटी बसेको छ. त्यसरी नै संबिधान बनाउन समय सक्किनै लागेको बेलामा भए पनि केहि काम हरुलाई छिटो छरितो संग सक्दा खेरि पनि राम्रै हुन्थ्यो होला कि?
संबिधान बनाउने काम त्यति सजिलो छैन होला हुनत. सबै जनाका, र सबै जातिका माग हरु सम्बोधन गरेर अगाडी बढ्नु पनि छ. तर त्यो भन्दैमा संबिधान साभालाई लै बन्दक बनाएर कहिले सम्म अत्याचार गर्ने हो? हिजोका दिनमा ४ जना सभासदले धेरै दिन यसरि नै बन्द गरेका थिए. जेजे भए पनि र जेजे भने पनि सरकार आफ्नो आयु लम्ब्याउन जस्तो सुकै मागलाई सम्बोधन गर्ने र त्यो गर्न पनि बन्द नै माधम बनाउने परिपाटी कहिले सक्ने हो. देस मा जिम्मेबार भनाउदा पार्टीहरुनै यसरि बन्द को पछी लागेपछि कसको के लाग्छ र? अब त्यसको सोलुशन को लागि देसले एउटा श्री ३ जन्ग्गा बहादुर खोज्नुपर्ने बेला आएजस्तो छ.. नेपालका राजनीतिक पर्त्य्हरुलाई ब्यबहारिक बनाउनकै लागि भए पनि जांगबहादुर को खोजि नेपाली जनताले गर्न सुरु गर्नु उपयुटका हुनेछ. पार्टीहरुलाई आहिलेको व्यवस्था को विकल्प छैन भनेर जे पायो त्यो गर्न छुट हुनु हुदैन. त्यसका लागि जनता नै जागरुक हुनु जरुरि छ.
नेपाल मा बहुदलीय प्रजातान्त्रिक प्रणाली लै खारेज गरेर जुन लोकतान्त्रिक प्रणालीको सुरुवात गरिएको थियो सायद यसले जनतामा राहत दिनुपर्ने थियो तर एसले त झन् दिनुसम्म दुखः दियो. त्यसैले नेपालमा अब राजनीतक पार्टीहरुलाई पनि आफ्नो अस्तित्यो बचौनालाई र बाटो पत्ता लगाउन लाई पनि विकल्प खोज्नुको विकल्प छैन. त्यसका लागि पार्टी हैन, गुट हैन, जातीयता हैन, एउटा व्यक्त्ति अगाडी आउनु जरुरि छ ra यहि नै आजको नया नेपालको नया अबधारणा हुनेछ.
No comments:
Post a Comment